काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भएपनि बाँकी भूभागको मौसम सफा रहनेछ। मौसम पूर्वानुमान
महाशाखाका अनुसाल हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिकमात्रै प्रभाव छ।
बिहीबार विहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।



