विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो। सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा लक्ष्मी राई, वेदी बराल, नेत्र कार्की, ईन्द्रकुमारी राई, जया राई, सुनिता खत्रीलगायत छन्।

गम्भीर अवस्थाका घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जिप चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर