छैँठौ अर्ना झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफले संकटा क्लबलाई पराजित गर्दै प्रतियोगिताको क्वार्टरपफाईनलमा प्रवेश गरेको छ।

विर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलको निर्धारित समय दुवै टोलिले गोलरहित बराबरि खेलेका थिए। पेनाल्टीमा संकटा क्लबलाई एपिएफले ४-२ गोलले पराजित गरेको हो ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दि म्याच भए। अवार्डसंगै उनले एघार हजार रुपैया प्राप्त गरे।

एपिएपफले सेमिफाइनल प्रवेशका लागि सोमबार बागमति युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको