काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गोल गरेको खेलमा एन अभान्ट ग्वेंगाम्पले फ्रेन्च महिला शीर्ष डिभिजन लिगमा लिलविरुद्ध जित निकालेको छ।
शनिबार राति सम्पन्न खेलमा ग्वेंगाम्पले २-० को जित निकालेको हो।
यो जितसँगै १६ खेलमा १५ अंक जोडेको ग्वेंगाम्प नवौं स्थानमा उक्लिको छ।
साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनल छाडेर फ्रेन्च लिग खेल्न पुगेकी सावित्राले ८६औं मिनेटमा मैदान प्रवेश गर्दै इन्ज्युरी समयमा गोल गरेकी हुन्। लिगमा यो उनको पहिलो गोल हो।
त्यसअघि ५२औं मिनेटमा एन्टोइन स्टारोभाले पेनाल्टीमार्फत गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन्।




