काठमाडौं : देशभरका इञ्जिनियरहरूकाे छाता संगठन नेपाल इञ्जिनियरिङ एसाेसियसन( नेइए) काे निर्वाचन भदाै २८ मा हुने भएकाे छ । नेइएका अध्यक्ष हरि दर्लामी र महासचिव रविभूषण झाले आज विज्ञप्ति जारी गर्दै वैशाख १४ गतेका लागि तय भएकाे अधिवेशन भदाै २८ मा हुने बताएका हुन् ।
उनीहरूले अधिवेशनकाे लागि वैशाख महिना उपयुक्त नभएकाे भन्दै मिति धकेलिएकाे विज्ञप्तिमार्फत जनाएका छन् ।`समयमै निर्वाचन गर्न नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं कार्यसमिति प्रतिवद्ध रहँदा रहँदै निर्वाचन मिति घोषणा गरेर निर्वाचन समिति बनाइसकेपछि निर्वाचनमा जोडिएका बिभिन्न सरोकारवाला समूहरूले आफ्नो तयारी पुरा नभएको र बैशाखमा गराउन उचित
समय नभएको भनेर लिखितरुपमै ध्यानाकर्षण गराउनुभएकाे थियाे,´उपमहासचिव सराेज धितालले भने, ` लोकतान्त्रिक प्रकृयामा धेरै भन्दा धेरै इन्जिनियर, आर्किटेक्टको सहभागिता बढाएर निर्वाचन गराउँदा उत्तम हुने कारणले गर्दा ३३औं कार्यसमिति निर्वाचन सार्न बाध्य भएको छ । यसबाट पर्न गएको असुबिधाप्रति क्षमाप्रार्थि छौ ।´




