काठमाडौं । युवा संघ नेपालका अध्यक्ष कृष्ण विक रसिया तर्फ जाने भएकाले संघका प्रवक्ता सन्जिप राई लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

रसियन सरकारको आयोजनामा हुन गइरहेको विश्व युवा महोत्सवमा सहभागी हुन ठुलो संख्यामा नेपाली युवाहरु जादैछन् । महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ । सो कार्यक्रममा वामपन्थी राजनीति दल निकट युवा नेताकार्यकर्ताहरु सहभागी हुदै छन् ।

नेपाल राष्ट्रिय तयारी समिति (एनपीसी) को नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गरेको छ । उक्त महोत्सवमा नेपालबाट १ सय २५ जना सहभागी हुदैछ ।

रसिन हाउसमा सप्पन्न बिदाइ कार्यक्रम माझ रसियाका राजदूत अलिक्सइ नोभिकोपत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दूतावासका प्रथम अधिृकत एलेक्जेन्डरले महोत्सवमा जाने युवाहरुलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको