काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड यूनियन फेडरेसन नेपालको केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ। धनकुमारी मगर इन्चार्ज रहेको सो फेडरेसनको अध्यक्षमा शिव थापा चयन भएका छन्।
फेडरेसनको उपाध्यक्षहरु हरि थापा, सुमि धिमाल, खडक सुनार, शंकर यादव रहेका छन्। महासचिवमा तेजनारायण थारु, उपमहासचिवमा विनोद ठाकुर, सचिवहरुमा वीरबहादुर धिमाल, महेश चौधरी, राजन साह र कोषाध्यक्षमा नानूमाया तामाङ रहेका छन्।
यसैगरी सदस्यहरुमा दिवस राई, दिपाकुमारी मगर, रश्मि कार्की, माया तामाङ, प्रेमबहादुर थापा, आशा श्रेष्ठ, विमल गौली, प्रमोद घिमिरे, सर्मिला धिमाल, कुमारी मगर, असारमान राई, हिराबहादुर थापा, अन्जु मगर, नरबहादुर सुनवार, रमेश राई, राजकुमार मगर, मीनबहादुर कार्की, प्रविन तामाङ रहेका छन्।
यसैगरी सदस्यहरुमा लक्ष्मी राई, मनोज चौधरी, संगीता सुनुवार, कृष्णमाया नेपाल, गंगाराम माली, भविराम यादव, कलाही यादव, अस्मिता लामा, इन्दिरा तामाङ, मनमाया मगर, सुनिता लामा रहेका छन्।
५ फागुनमा काठमाडौंमा फेडरेसनको राष्ट्रिय भेला आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो भेलाल १४ बुँदे काठमाडौं घोषणापत्र पारित गर्दै नयाँ नेतृत्व चयन गरेको आजपा उपमहासचिव चन्द्रभुषण साहले जनाएका छन्।




