एनआरएनए क्यानडाको पहलमा क्रिकेट क्यानडाले पवित्र समाज सेवालाई नगद र अत्यावश्यक सामग्रीहरू प्रदान् गरेको छ।

क्रिकेट क्यानडाका टुर म्यानेजर माइक, मुख्य प्रशिक्षक पुबुदु दसनाईके, कप्तान साद बिन जाफर र टिम क्यानडाका सदस्यहरूले पवित्र समाज सेवाकी अध्यक्ष दिक्षा चापागाईलाई सहयोग हस्तान्तरण गरेका थिए।

हस्तान्तरण कार्यक्रम एनआरएनए क्यानडा, एनआरएनए क्यानडाका उपाध्यक्ष सुरज अधिकारीले पवित्र सेवा समाज र क्रिकेट क्यानडा टोलीसँग समन्वय गरेका थिए।

काठमाडौंको हायात प्यालेसमा भएको उक्त हस्तान्तरण कार्यक्रममा एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारी, एनआरएनए आईसीसी सदस्य हेम पाण्डे र नेपाली जनता समन्वय समिति क्यानडाका अध्यक्ष बुद्धिप्रकाश ओलीको सहभागिता थियो।

नेपाल प्रस्थान गर्नुअघि क्रिकेट क्यानडालाई एनआरएनए क्यानडा र अन्य एघार नेपाली संस्थाहरूले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रमको संयोजन एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले गरेका थिए।

साथै, एनआरएनए क्यानडाले क्रिकेट क्यानडालाई नेपाल भ्रमणका लागि ओटावाबाट अन(अराइभल भिसा प्राप्त गर्न पनि सहयोग गरेको थियो।

एनआरएनए क्यानडाका उपाध्यक्ष उमेश भण्डारीले ओटावास्थित नेपाली दूतावास र क्रिकेट क्यानडासँग अन अराइभल भिसाका लागि समन्वय गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको