काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस निर्वाचनमा एकमत भए कसैले पराजित गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेसका महासमिति सदस्यहरूका लागि आयोजित चियापान समारोहमा बोल्दै काेइरालाले पार्टीको आन्तरिक एकतामा जाेड दिए ।

‘आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ’ , पूर्वमहामन्त्री काेइरालाले भने,` निर्वाचनमा कांग्रेस बाहेकको भविष्य छैन ।´ काेइरालाले आयाेजना गरेकाे चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू, पूर्वपदाधिकरीहरू, कांग्रेसबाछ बनेका मन्त्रीहरू सहित केन्द्रीय समितिका अधिकांस सदस्यहरू र महासमितिमा सहभागी हुन आएका अधिकांश महासमिति सदस्यहरू सहभागी भए ।

तस्विरहरू –

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको