गोदावरी, ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक चौथौ दिन बिहीबार पनि जारी छ।

बैठक अहिले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो।

बुधबार रातीसम्म महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरुले धारणा प्रस्तुत गर्ने चलिरहेको छ। महासमिति सदस्यहरुले बोलिसकेपश्चात् सातवटै प्रदेशका सभापतिहरुले आआफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणलाइ प्रतिवेदन सहित मुल हलमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको संयोजक विश्वकर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको