एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ।

बुधबार विहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा एकमात्र निर्णयक गोल एर्लिङ हालान्डले गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१औं मिनेटमा गोलको खडेरी तोडेका थिए। उनले जुलियन अल्भारेजको पासमा गोल गरेका हुन्।

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ। सिटी तेस्रो स्थानमा पुगेको आर्सनल भन्दा १ अंकले अगाडि रहेको छ । यसैगरी शीर्ष स्थानको लिभरपुल पनि १ अंकले अघि रहेको छ।

शीर्ष तीनमा रहेका लिभरपुल, सिटी र आर्सनलको बीचमा कडा प्रतिस्पर्धा रहेको छ। प्रिमियर लिगमा अहिले २५औं चरणको खेल जारी छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको