आइएसएमटी कलेज, बुटवल प्लस २ लेभल फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले जितेको छ।

शनिबार सम्पन्न फाइनला खेलमा सेन्ट जोसेफले शान्ति नमुना माविलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित सयमयमा दुवै टोलीबाट ६-६ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पहिलो हाफमा ५-० अग्रता बनाएको शान्ति नमुनाले दोस्रो हाफमा भने निरासाजनक प्रदर्शन गर्यो। उत्कृष्ट प्रर्दशन गरेको सेन्ट जोसेफले निकै आक्रमक तरिकाले खेललाई बराबरीमा पुर्याएको थियो।

दोस्रो हाफमा सेन्ट जोसेफले ६ गोल गर्दा शान्ति नुमानाले एक गोल मात्र थप्न सक्यो।

पहिलो पटक आयोजना गरिएको दुई दिने प्रतियोगितामा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका १६ कलेज सहभागी थिए।

विजेता सेन्ट जोसेफले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र उपहार प्राप्त गरेको छ। उपविजेता शान्ति नमुना माविले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल पायो।

शान्ति नमुना मावीका अनुप थापा सर्वाधिक गोलकर्ता बने। उनले चार खेलमा १२ गोल गरेका थिए। यसैगरी सेन्ट जोसेफका अनुप बुढाथोकी प्रतियोगिताको सार्वोकृष्ट खेलाडी र अक्सफोर्ड माविका डेभिड थापा उत्कृष्ट गोलकिपर चुनिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको