काठमाडौं : राजधानीमा बुधबार नेपाली युवा उद्यमी मञ्च र आइएलओको साउथ एसिया लिडरसप इन आन्टरप्रेनरसिप (सेल) परियोजना अन्तर्गत राष्ट्रियस्तरको बिजनेस आईडिया प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नवीन बिचार र उद्यमशीलताको एक उल्लेखनीय प्रर्दशन दिँदै २५० वटा समुह भन्दा बढी विद्यार्थीहरूले दरखास्त दिएकोमा टप २० जनालाई मेन्टरसिप गरेर उद्योग वाणिज्य महासंघका निर्णायक सामु आफ्नो आइडिया राखेका थिए ।
टप २० बाट टप ७ छनोट गरि बुधबार अन्तिम प्रतिस्पर्धा गरिएको थियो। सो कार्यक्रममा कन्दुक इण्डन्स्ट्रिले यस बर्षको राष्ट्रिय स्तरीय बिजनेस आइडिया प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार जितेको छ।
इको रिभाइबले फस्ट रनर अप भई १५ हजार रुपैयाँ र स्ट्र म्यट्रेसले १० हजार जित्यो। प्रतियोगिता एभेरेस्ट होटेल नयााँ बानेश्वरमा आयोजना गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि रहेका थिए। मन्त्री सिंहले आर्थिक वृद्धि र विकासलाई ड्राइभिङमा नवाचारको महत्त्वपूर्ण भुमिकामा जोड दिए।



