फाल्गुन ३ र ४ गते बसेको नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा कल्याण गुरुङ आफ्नो राखेको धारणा सार्वजनिक गरेका छन्। उनले महासमितिमा प्रस्तावहरु पेश गर्दा आफ्नो कार्यकाल भित्र सम्पन्न गर्न सकिने नीति र कार्यक्रमहरु प्रस्तुत गरेका हुन्।

अनन्तकालसम्म पनि पूरा नहुने सपनाहरु नीति हुँदैनन्, केवल परिकल्पना मात्र हुन्छन्।

उप – सभापतिको प्रस्ताव
१. २०१७ साल पुष १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री आदरणीय वी. पि. कोईरालालाई र २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवालाई असंबैधानिक र अप्रजातान्त्रिक तरिकाले अपदस्थ गरेको तथ्य स्पष्ट छ। यसैले नेपाली काँग्रेसले पुष १ गते र असोज १८ गते लाई राजनैतिक कालों दिन ( Political Black Day) घोषणा गरौं । यस दिन पार्टीले वडा तह देखी केन्द्रीय तहसम्मको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरौं।

२. महिनामा तलब दिने व्यवस्थालाई Monthly Pay System परिवर्तन गरेर हप्तामा तलब दिने व्यवस्था Weekly Pay System को व्यवस्था कानुन बनाएर गरौं।

३. नेपाल सरकारले बाहय ऋण लिंदा नेपाली मुद्रामा लिने कानूनी व्यवस्था गर्नु पर्दछ। यसले ऋण भार कम हुन्छ। किनकी डलर र सुनको मूल्य बढी रहन्छ।

४. नेपाली काँग्रेस केन्द्रीय कार्य समितिका पुर्व पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिका पुर्व सभापतिहरु र जिल्ला कार्य समितिका वर्तमान र पुर्व सभापतिहरु स्वत: महासमिति सदस्य हुने बैधानिक व्यवस्था हुनु पर्दछ। गोदाबरीमा हुने यस महासमितिको बैठकमा नै महासमितिको सदस्यको रुपमा भाग लिने व्यवस्था हुनु पर्छ।

५. खस आर्य समुदायको वारेमा केही पनि लेखिएको छैन। यस समुदायको बारेमा केही लेख्दा राम्रो होला।

६. आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, महिला, थारु, मुस्लिम र पिछडिएको क्षेत्रको मानिसलाई राज्य र संगठनको सबै कार्यकारी स्थानहरुमा प्राथमिकताका साथ अवसर दिने संवैधानिक, क़ानूनी र वैधानिक व्यवस्था गर्ने।

७. महिलाहरुलाई अवसर दिदा महिलाहरुमा पनि सबै जाती, धर्म, समुदाय र भूगोलको महिलाको सहभागिता सुनिश्चित हुने गरि समावेशी हुनु पर्दछ।
एउटै जाती, समुदाय र भूगोलको महिलालाई मात्रै अवसरको वितरण हुनु हुदैन र त्यस्तो नीति र व्यवस्था पनि हुनु हुदैन।

८. पृष्ठ ४० बाट ग्रामीण श्रमशक्तिको नारीकरण बाट नारीकरण शब्द हटाउनु पर्छ। यसले राम्रो अर्थ दिंदैन।

महामन्त्री विश्व प्रकाश शर्माको प्रस्तावना

-लोकतन्त्रको विकल्प लोकतन्त्र हुन्छ तर लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हुँदैन। समुन्नत लोकतन्त्र भन्ने नै हुँदैन। समावेशी लोकतन्त्र, संसदीय लोकतन्त्र, प्रत्यक्ष लोकतन्त्र, हुन्छन् तर समुन्नत लोकतन्त्र हुँदैन । समुन्नत नेपाल हुन्छ। समुन्नत भन्ने शब्द लोकतन्त्रको अगाडिबाट हटाउनु पर्छ।

-कोशी प्रदेशको नाम परिवर्तन गरेर वहु पहिचानको आधारमा कोशी – किराँत प्रदेश वा कोशी – किराँत – सगरमाथा प्रदेश राख्नु पर्छ।

-समृद्धि र समुन्नतिको मुद्दासंगसंगै जातीय, धार्मिक, लैगिंक, भाषिक, भौगोलिक र पौराणिक पहिचानको मुद्दा, समावेशी विकास, समावेशी संगठन र समावेशी लोकतन्त्रको मु्द्दा अब विश्व राजनीतिको प्रमुख हिस्सा हुनेछ । यी मुद्दाहरु लाई वेवास्ता गर्नु गंभीर भूल हुनेछ र यी मुद्दाहरुको विषय पनि यसमा समावेश गर्दा राम्रो होला।

-मीटर ब्याज पीडित, लघु वित्त र सहकारीबाट पीडितहरुको समस्या र यसको समाधानको सन्दर्भमा दस्तावेजमा राख्नु राम्रो हुनेछ।

महामन्त्री गगन कुमार थापाको प्रस्तावमा
-१५औं महाधिवेशनबाट लागू हुने गरि नेपाली काँग्रेस पार्टीका सबै तहका सभापति र पदाधिकारीहरु प्रधानमन्त्री, उप प्रधानमंत्री, मन्त्रीहरु र राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने बैधानिक व्यवस्था गरौ।

-आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, महिला, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक जना उप सभापति र एक एक जना महामन्त्री हुने गरि ८ जना उप सभापति र ८ जना महामन्त्री हुने वैधानिक व्यवस्था गरौं।

-जाती, समुदाय, धर्म, लिंग र भूगोलको समावेशी समुदायबाट एक व्यक्ति एक पदमा एक पटक मात्र रहने वैधानिक व्यवस्था गर्दा राम्रो हुनेछ।

-समानुपातिक निर्वाचन प्रणालीबाट सांसद र राष्ट्रीय सभा सदस्य पदमा एक व्यक्ति एक पटक मात्र हुने व्यवस्था हुनु पर्दछ। मेयर, उप-मेयर, सांसद, मन्त्री, उप-प्रधानमन्त्री र प्रधानमन्त्री भएका व्यक्तीहरुले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद र राष्ट्रीय सभा सदस्य हुन नपाउने बैधानिक व्यवस्था गर्नु पर्दछ।

-केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेदवार हुने र भोट हाल्ने विधान भएको व्यवस्थालाई हटाउनु पर्दछ। एक व्यक्ति, एउटा महाधिवेशनको मात्र प्रतिनिधि हुने वैधानिक प्रावधान गर्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको