फागुन ५ काठमाडौँ । नेपालमा पहिलो पटक नेपाली कलाकर्मीहरुद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुन लागेको छ।
शनिबार काठमाडौँस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया इन्टरटेनमेंट एण्ड मीडिया प्रालिको प्रस्तुतिमा निर्माण भएको भोजपुरी सीरिज ‘खेलाडी’को टिजर रिलीज गरिएको छ।
निर्माण कम्पनी मुखिया इन्टरटेनमेंट एण्ड मीडिया प्रालिले ‘विकास र विस्तार हेरेर नै हामीले पनि भोजपुरी भाषामा केही गर्ने अठोट गरेका छौं। नेपालबाट भोजपुरी भाषामा गीत संगीत र फिल्महरूको निर्माण गरि त्यसलाई विश्वका भोजपुरी दर्शकमांझ पुर्याउने उद्देश्यले हाम्रो यो एउटा प्रयास हो।हास्य, कमेडीलाई आधार बनाई यूट्यूब मार्फत आफ्नो पहिलो प्रस्तुति “खेलाडी”को रूपमा भिडिओको निर्माण कार्य भई रहेको छ।’
यसमा चर्चित भोजपुरी संचारकर्मी प्रियंका पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ। सिरीजमा सरू बराल, रामभजन कामत, अरकाना खातून, गोबिंदा यादव, सेराज आलम, गंगालाल श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।
सिरीजका लेखक÷निर्देशक शैलेस मानसिंह बस्नेत रहेका छन् भने यसको निर्माण बिरेन्द्र मुखिया, चांदनी देवी र पूर्णिमा कुमारीले गरेका छन्। यस सीरिजका गीतहरूलाई भोजपुरी साहित्यका वरिष्ठ लेखक÷गीतकार गोपाल अश्कले आफ्नो शब्द दिएका छन् भने आकाश ठाकुरको गायन तथा संगीत विनय कार्कीको रहेको छ।
‘यो हास्य/कमेडी सीरिजलाई आजै देखि हाम्रो यूट्यूब च्यानल मुखिया इन्टरटेनमेंटमा प्रोमो÷टिजर रिलीज गरेका छौं। आउँदो २५ फेब्रुअरीको दिन यो सिरीज रिलीज हुने सहर्ष जानकारी गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ।



