काठमाडौ : हाम्रो नेविसंघ संगठित र प्रशिक्षित नेविसंघको नियमित कार्यक्रम शुक्रबारे चिया गफ कार्यक्रम सिकौं र सिकाऔं अभियान सिजन ३ को भाग ३ सम्पन्न भएको छ । सिजन ३ को कार्यक्रम संयोजक कमल तिमल्सिना र सहज कर्ता जिवन खनालले गरेका थिए ।

बिषय बक्ता त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व शान्ति र विकास कार्यक्रमका कोअर्डिनेटर एवं सह-प्राध्यापक डा .पिताम्बर भण्डारीले आज `लाेकरिझ्याईकाे राजनीतिकाे विगत, वर्तमान र भविष्य´ विषयक प्रवचन दिएका थिए । कार्यक्रममा  नेविसंघका केन्द्रीय सदस्यहरु,स्ववियुका पदाधिकारी, सदस्य र नेविसंघसम्वद्दहरूकाे बाक्लो उपस्थिति थियाे । कार्यक्रम नेपाल कमर्श क्याम्पसमा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर