काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ को छायांकन पुरा भएको छ।

कोरोना लगत्तै दोश्रो चरणको छायांकन सकिएको फिल्म केही प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो।

निर्देशक लामिछानेका अनुसार यतिबेला मुम्बईमा फिल्मको धमाधम सम्पादनको काम भइरहेको छ।

आफ्नो भागको छायाङ्कन पुरा गरेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘डेब्यू’ अभिनेता निश्चल खड्का नेपाल फर्किइसकेका छन्।

फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने निर्माण पक्षले जनाएका छ।

फिल्मको पहिलो चरणमा खिचिएका दृश्यको डबिङ र कलरको काम पुरा भइसकेको छ भने मिक्सिङ र भीएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिए पछि हुनेछ।

गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भूमिकामा अभिनय रहेको फिल्म ‘ट्राभल लभस्टोरी’ जनरामा आधारित छ। फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा गरिएको छ। गरिमा पनि यही फिल्मबाट ‘डेब्यू’ गर्दैछिन्।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्।

फिल्मको निर्मातामा अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको