डडेलधरा: नेपाली कांग्रेसका नेता एवं संघिय सांसद  डा.सुनिल शर्मा आफ्नाे लगानी रहेकाे काठमाडौं मेडिकल कलेजका डाकटरहरुकाे टिम सहित निशुल्क स्वास्थ्य शिविर लिएर डडेल्धुरा पुगेका छन् । डडेल्धुरा कांग्रेस सभापति सेरवहादुर देउवाकाे गृहजिल्ला पनि हाे ।

यसअघि डा.शर्माले काठमाडौं मेडिकल कलेजका १६जना मेडिकल डक्टर सहितकाे टिम सहित आफै उपस्थिति भएर दार्चुलाकाे सल्यशिखर नगरपालिकाकाे गाेकुलेश्वरमा र वैतडिकाे दाेगडाकेदार गाउपालिका, पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चाला गरिसकेका छन् । दार्चुला र वैतडिमा गरि करिव ७हजार भनदा वढि विरामिहरुकाे स्वास्थ्य चेकजाच गरिसकेकाे काठमाडौं मेडिकल कलेज निशुल्क स्वास्थ्य सिविर सञ्चालन टिमका संयाेजक नारायण दाहलले वताए ।

स्वास्थका क्षेत्रमा राज्यकाे गलत नितीका कारण पिछडिएका दुर्गम ठाउमा गरिव जनताहरुले स्वास्थ्य सेवाकाे पहुचवाट वञ्चित हुनु पर्ने अवस्था रहेकाे भन्दै डा.शर्माले वर्तमान प्रचण्ड सरकारकाे गलत नितीले राज्य अपराधीकरण तर्फ उन्मुख भइरहेकाे वताए । डा.शर्माले सरकारले मेडिकल जनशक्ति उतपादनमा जाेड दिने र साेहि अनुसार सरकारकाे नीति वनाएर अगाडि वढे दुर्गम ठाउमा जनशक्ति अभावकाे समस्या समाधान हुँदै जाने र हरेक नेपालीलाई १०लाखकाे विमा गर्ने नितीगत व्यवस्था गरे सर्वसुलभ र निशुल्क स्वास्थ्य सेवा जनताले पाउने दावि गरे । डा.शर्माले विगत १हप्ता देखि सुदुरपश्चिमका दार्चुला,वैतडि,डडेल्धुराका दुरदराजका गाउमा जनतालाई निशुल्क स्वास्थ्य शिविर चलाएर स्वास्थ उपचारकाे सुविधा पुर्याइरहेका छन् ।
डडेल्धुरामा २५२७ जना विरामिहरुकाे स्वास्थ्य चेकजाच गरिएकाे स्वास्थ्य शिविर टिमका संयाेजक नारायण दहालले वताए ।
डडेल्धुरा अस्पतालमा माननीय डा.सुनिल शर्माले उद्घाटन गरप सञ्चालन भएकाे निशुल्क स्वास्थ्य शिविरमा २५२७ जना विरामिहरुकाे स्वास्थ्य चेकजाग गरिएका छ, फागुन १२गते शिविरमा अपरेशनका लागि रिफर भऐका विरामिकाे निशुल्क उपचारका लागि काठमाडौं मेठिकल कलेजमा सम्परक गर्ने समय दिइएकाे निशुल्क स्वास्थ्य सिविर सञ्चालनकाे समन्वय गर्नुभएका ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले वताए । नेता भट्टकै पहलमा माननीय डा.शर्माले डडेल्धुरामा १दिने निशुल्क स्वास्थ शिविर सञ्चालन भएकाे थियाे ।

अमरगढि नगरपालिकाकाे आयाेजनामा काठमाडौं मेडिकल कलेजकाे प्राविधिक सहयाेगमा निशुल्क स्वास्थ शिविर चलाइएकाे हाे। ` डडेल्धुरा त म अफै आवद्ध पार्टिका सभापतिकाे पनि गृह जिल्ला हाे । विरामि पनि प्रसस्तै भए । शिविर वाट अपरेसनका लागि रिफर भएका सवै विरामिकाे ओैषधि खर्चवाहेक सवै उपचार काठमाडौं मेडिकल कलेजमा निशुल्क गरिने छ,´ केएमसीका संचालक संघिय सांसद डा.सुनसल शर्माले वताए ।फागुन १२गते काठमाडौं मेडिकल कलेज सिंनामंगलमा सम्पर्क मिति दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको