दैलेख : युवाहरुका लागि एकिकृत जीवन उपयोगी सिप बिकास तालिम सम्पन्न सम्पन्न भएकाे छ । एभरेष्ट क्लव दैलेखले पावर परियोजना मार्फत ५ दिने एकीकृत जीवन उपयोगी सिप सम्वन्धी तालिम शुक्रबार सम्पन्न भएकाे हाे ।
तालिम माघ २२ देखि २६ सम्म संचालन गरिएको थियो । परियोजनाको कार्यक्षत्र अन्र्तगत नारायण नगरपालिकाका ३० जना युवाहरू तालिममा सहभागी थिए । जसमा महिला २४ र पुरुष ६ जनाको उपस्थिति रहेको थियो ।
एकीकृत ५ दिने जीवन उपयोगी सिप तालिमले युवाहरुको ज्ञान सिप तथा धारणाको बिकास गर्ने उदेश्यका साथ तालिम संचालन गरिएको एभरेष्ट क्लव दैलेखका सदस्य एवम् पावर परियोजना फोकल पर्सन दिपक के.सीले जानकारी गराए । जीवन उपयोगी सिप तालिमका ११ वटा सिपलाई प्रयोग गरी तालिम सहजीकरण गरिएको प्रशिक्षक श्री बाबुराम आचार्य र टेकराज न्यौपानेले जानकारी दिए ।

साथै यस ५ दिने एकीकृत जिवन उपयोगी सिप बिकास सम्वन्धी तालिमबाट युवाहरुमा कार्यक्रमले विशेषगरी समस्या समाधान, निणर्य लिने क्षमता तथा संवेग नियन्त्रण लगायत ११ वटा जीवन उपयोगी र प्रजनन् स्वास्थ्य, महिनावारी स्वछ्ता तथा हरित सिप, हरित मानसिकता र हरित रोजगारी बारेमा आफुहरुले जानकारी पाएको र यसले आफुहरुको व्यक्तित्व विकासमा सहयोग पुगेको तालिममा सहभागी नारायण नगरपालिका ४ की कल्पना कुमारी सुनारले बताइन ।
समापन कार्यक्रममा सहभागी हुनु भएका नारायण नगरपालिका सामाजिक शाखा प्रमुख खम बहादु थापाले एभरेष्ट क्लव दैलेखले सहयोग गरेका कार्यक्रम एकदमै प्रभाभवकारी रहेको र समुदायमा जादा यसको सकरात्मक प्रभाव देखिएको जानकारी दिदै तालिमको प्रभावकारी कार्यान्वयनको शुभकामना दिएका थिए । साथै तालिमको समापन कार्यक्रमलाई संबोधन गर्दै नारायण नगरपालिका नगर उप प्रमुख तप्ता कुमारी खड्का थापाले ५ दिने एकीकृत जिवन उपयोगी तालीमका सहभागीहरुलाई शुभकामना दिदै तालिममा छलफल भएका तथा सिकिएका बिषयवस्तु लाई आफनो जिवनमा लागु गर्न अनुरोध गर्दै यस तालिमले युवाहरुको जीवनलाई थप सहज बनाउन र सफल जिवनयापनका लागि उनीहरुको व्यवसाय प्रवद्धन तथा आगमी योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।एभरेष्ट क्लव दैलेखले सेभ द चिल्डे«नको सहयोगमा पावर परियोजनाले नारायण नगरपालिकामा उद्यमशीलताका क्षेत्रमा, शिक्षा र स्वास्थ्य र सरसफाईका क्षेत्रमा प्रभावकारी काम गरेकोमा एभरेष्ट क्लव दैलेखलाई धन्यबाद दिनुभएको थियो । नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनलाई नारायण नगरपालिकाले विशेष प्राथमीकतामा राखेको जानकारी दिए ।
सेभ द चिल्ड्रनको साझेदारीतामा एभरेष्ट क्लव दैलेखको साझेदारीतामा संचालित पावर परियोजना दैलेख जिल्लाको नारायण नगरपालिका र दुल्लू नगरपालिकामा संचालनमा रहेको छ । यस परियोजना मार्फत शिक्षा, जिविकोपार्जन र स्वास्थ्य क्षेत्रमा काम भइरहेको छ ।
जस अन्तर्गत यस वर्ष सन् २०२४ मा दुल्लू र नारायण नगरपालिकामा ३८० जना बालबालिका तथा युवाहरुलाई एकिकृत जिवनउपयोगी सिप तालिम, ६० जना युवाहरुलाई लघु उद्यम तथा सिप विकास तालीम, ७० जना बालबालीकाहरुलाई छात्रबृति सहयोग, विपन्न परिवारमा वास सहयोग अन्र्तगत ३५ वटा घरधुरीलाई शौचालय सहयोग, १ वटा विद्यालय मा वास अन्र्तगत शौचालय निर्माण र २ वटा स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवाकालागी वास सहयोग गर्ने लगायतका योजना रहेको परियोजना संयोजक भुपेन्द्र खत्रीले जानकारी दिए ।



