काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री केशवकुमार बुढाथोकीकाे निधन भएकाे छ । पूर्वमन्त्री, संविधानसभा सदस्य बुढाथोकीको गएराति विराटनगरमा निधन भएकाे हाेे । उनी कांग्रेसभित्र हक्की स्वभावका नेता मानिन्थे ।
जसले ज्ञानेन्द्र शाहलाई थप्पड हानेका थिए
दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा तत्कालिन राजकुमारहरु वीरेन्द्र,ज्ञानेन्द्र र धिरेन्द्रसँगै पढेका बुढाथोकीले ज्ञानेन्द्रले दाजु वीरेन्द्रलाई कसरी पेल्थे भन्ने एउटा उदाहरण आफ्नो आत्मकथा ‘आफ्नो आफ्नो सगरमा’मा उल्लेख गर्नुभएको छ । बुढाथोकी समेत सहभागी उक्त गफगाफमा ज्ञानेन्द्रले भनेछन् ‘वी.शाह डजन्ट नो एनिथिङ,आइ वज किङ बिफोर हिम ।’
यो सुन्ने बित्तिकै मलाइ के झोंक चलेछ कुन्नी ‘भइस राजा ! हावा कुरा गर्ने ?’ भनेर पर ठेल्दी हालेँ ।
झापाली राजनीतिमा ‘सेतो बाघ’को नामले चर्चित नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकी यस्ता दजर्नौं स्मृति छोडेर अस्ताउनुभएको छ ।




