काठमाडौं : राष्ट्रिय शतर्कता केन्द्रले आफ्नै सवारीबाट ट्रायल दिन पाउने व्यवस्था गर्न निर्देशन दिएकाे छ । लुम्बिनी प्रदेशका उद्याेग एवं यातायात मन्त्री राेज राणाले संघका विभागिय मन्त्री प्रकाश ज्वालालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
नियममा प्रशिक्षण केन्द्रकै सवारी चलाउन पर्ने बाध्यता नभएकाे भन्दै केन्द्रले सातै प्रदेशका मुख्यमन्त्रीलाई आफ्नै साधनले ट्रायल दिन निर्देशन दिएकाे हाे । मन्त्री राणााले प्रदेशलाई लाइसेन्स छाप्ने अधिकार पनि दिन माग गरेका छन् । संघीयता बलियाे बजाउन पनि प्रदेशबाट हुने काम प्रदेशबाटै गर्नुपर्नेमा उनकाे जाेड छ ।
केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि लुम्बिनीसहितका सबै प्रदेश सरकारहरुलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् ।
हेर्नुस् शतर्कता केन्द्रकाे निर्देशन




