विराटनगर : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्राप्त राजनीति उपलब्धी जाेगाउँदै अब आर्थीक समृद्धिकाे बाटाेमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति माेरङले आयाेजना गरेको भेटघाट कार्यक्रम कांग्रेस जिल्ला पार्टी कार्यलय बिराटनगरमा बाेल्दै नेता सिंहले कांग्रेसका् नेतृत्वमा जनताले गुमेकाे अधिकार फिर्ता पाएकाे भन्दै अक कांग्रेसले नै समृद्धिका अभियानकाे नेतृत्व लिनुपर्ने बताए ।
०४६ काे परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेकाे भन्दै उनले त्यस्ताे प्रयास सफल नहुने दाबी पनि गरे ।संविधानसभाबाट बनेकाे संविधान आम नागरिकले उपयाेग गर्ने अवस्था बनाउनु कांग्रेसकाे जिम्मेवारी भएकाे बताए ।
संघीय लाेकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसकाे नेतृत्वमा जारी भएकाे भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तन विराेधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजाेर पार्न चाहिरहेकाे भन्दै पार्टी बलियाे बनाउनुपर्नेमा जाेड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।
सिंहले काेशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै काेशी प्रदेशकाे अवस्थाबारे जानकारी लिँदै जितकाे शुभकामना समेत दिएका छन् ।



