काठमाडौं : संवैधानिक कानुन व्यवसायी मञ्चकाे अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल निर्वाचित चएका छन् । मञ्चकाे शुक्रबार सम्पन्न अधिवेशनबाट अर्याल अध्यक्ष बनेका हुन् । उनले अनन्तराज लुइँटेल र रूद्र शर्मालाई पराजित गरेका हुन् ।

अर्याल निडर र इमानदार कानुन व्यवसायीका रूपमा चर्चीत छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै मुद्दा लडेका अर्यालकै कारण अख्तियारका तत्कालिन प्रमुख आयुक्त लाेकमानसिंह कार्कीकाे जागिर गएकाे थियाे । अर्याल विगत डेढ दशकदेखि न्याय र सुशासनका लागि कानुनी लडाई लडिरहेका छन् ।

मञ्चको महासचिवमा लीलाधर उपाध्याय सर्वसम्मत भएका छन्।यस्तै, उपाध्यक्षमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा रोशन पोखरेल चयन भए। कार्यसमिति सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवन जयसवाल निर्वाचित भएका छन्।

करिक दुई दशक पुरानो यस संस्थामा निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुन्छ।मञ्चको महासचिवमा लीलाधर उपाध्याय सर्वसम्मत भएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर