काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा बाग्मती प्रदेशमा जितजंग बस्नेतलाई उमेदवार बनाएको छ ।माघ ११ गते हुने निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष बस्नेतलाई उम्मेदवार बनाएको हो । बस्नेत आमाकाे आशिर्वाद लिएर उमेदवारी दर्ताका लागि प्रदेश राजधानी हेटौंडा प्रस्थान गरिसकेका छन् ।

कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरको हो । उनी बागमती प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका हुन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका बस्नेतको उम्मेदवारीले कांग्रेसमा युवा पुस्तामा उत्साह ल्याएको छ।

ललितपुरका बस्नेतलाई यसअघि प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न पार्टीले आग्रह गरेको थियो तर उनले आफू तत्काल निर्वाचन नलड्ने भन्दै पार्टीका अरु नेताहरुलाई टिकट दिन आग्रह गरेका थिए ।

कांग्रेसको १४ औं महाधिवेशनमा लोकप्रीय मतका साथ उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । बाग्मति प्रदेशबाट महिलातर्फ विष्णुदेवी पुडासैनी उमेदवार छिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको