इटहरी : नेविसंघ सुनसरीले त्रिभुवन विश्वविद्यालयकाे बेथिति र उपकुलपति नियुक्ति लगायतकाे विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएकाे छ । नेविसंघ सुनसरीका अध्यक्ष प्रमाेद भट्टराईले आज सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा पठाएकाे हाे ।

`त्रिभुवन विश्वविद्यालयमा भएको बेथिति र पनिका बल्खुको ढिलासुस्तीले विद्यार्थीलाई परेको समस्या साथै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र पदाधिकारीहरु खुल्ला रुपमा नियुक्त गर्नु पर्ने माग राखेर नेबिसंघ सुनसरीले जिल्लाभरका क्याम्पसहरूमा चलाएको प्रधानमन्त्रीलाई पत्र अभियानमा संकलित पत्रहरु जिल्ला प्रसासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा पठाएका छौ´,अध्यक्ष भट्टराईले भने ।

त्यस्तै उनले नेविसंघको आन्दोलन जारी रहेकाे बताए । `काइतेपुर्ण रुपमा खोलिएको उपकुलपति को बिज्ञापन प्रती असहमति जनाउदै यसलाई संशोधन गर्न आग्रह गर्दछौ ´उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर