काठमाडौं : नेपाल विद्यार्थी संघले विभिन्न काण्ड विषय उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालकाे राजीनामा माग गरेकाे छ । अनामनगरदेखि बालुवाटार मार्चपास गर्दै संघले प्रदर्शन गरेकाे हाे ।
नेविसंघका नेता भुवन भट्टले सरकारले भ्रष्टाचारका घटना जाेगाउन खाेजेकाे र सुशासन दिन नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालकाे राजीनामा मागिएकाे बताए । ` प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचारीकाे संरक्षककाे रूपमा देखिनुभएकाे छ । तत्काल उहाँले राजीनामा दिनुपर्छ,´मार्चपास नेतृत्व गरेका संघका केन्द्रीय सदस्य भट्टले भने ।
शेखर काेइराल अहिले सरकारकाे कडा आलाेचकका रूपमा देखिँदा उनी पक्षधर नेविसंघ केन्द्रीय सदस्यहरू प्रदरेशनमा उत्रिएका हुन् ।
फाेटाेफिचर





