काठमाडौं : त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधारको माग गर्दै बुधवार प्रदर्शन भएको छ । स्ववियू त्रिभुवन विश्व विद्यालयको अगुवाइमा समग्र सिस्टम सुधा र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र दिन ढिलाइ गर्ने काम भएको गुनासो गरेका थिए । यस्तै उनीहरूले परीक्षा नियन्त्रण कार्यालयको सुधारमा ध्यान नदिएको, कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिएको, शैक्षिक क्यालेन्डर फलो नगरेकोलगायतको आरोप लगाउँदै नाराबाजी समेत गरेका थिए । स्ववियु सभापति श्यामराज ओझाको नेतृत्वमा आज परिक्षा नियन्त्रण कार्यालय बल्खुमा विभिन्न मागहरुका साथ आन्दोलन सुरु गरेको हो ।

सोही क्रममा सभापति ओझाले पनिका कार्यालय बल्खु सुधारका लागि देशैभर रहेका कलेजका विद्यार्थी र स्ववियु सभापतिहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरे । उनले भने,`देशको सबैभन्दा ठूलो नेता भनेको विद्यार्थी हो, देशको परिवर्तनको सम्वाहक पनि विद्यार्थी नै हो। यदि विश्वविद्यालयको बेथिति अन्त्य गरिएन भने शैक्षिक संस्थाहरु नै ध्वस्त हुनेछन् ।´

लाखौँ विद्यार्थीको शैक्षिक धरोहर मनिएको त्रिवि पनिकामा कर्मचारीको कमि र नीति नियमको व्यवस्थापन हुन नसक्दा लाखौं विद्यार्थीको भविष्यमाथि प्रश्न खडा भएको भन्दै  बताए । यस्ता कुराहरुको परिवर्तन गर्नका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने उनकाे भनाई थियाे ।

सभापति ओझाले बल्खु सुदृढ नभएको खण्डमा विश्वविद्यालय कमजोर बन्ने निश्चित रहेको भन्दै पनिकामा सुधार नहुञ्जेल आन्दोलन जारी राख्ने बताए  ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर