काठमाडौ : नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघले भूकम्प पीडितका लागि ७ लाख ११ हजारकाे चेक हस्तान्तरण गरेकाे छ ।  संघका अध्यक्ष दुजाङ शेर्पाले ने.वि.संघ केन्द्रीय कार्यसमिति द्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिबद्धता अनुसार ७ लाख ११ हजार को चेक हस्तान्तरण गरेको हाे ।

रूकुम र जाजरकाेटमा भूकम्पका कारण धनजनकाे क्षति भएदेखिनै नेविसंघ राहत र उद्दार कार्यमा सक्रिय हुँदै आएकाे छ । भूकम्पप्रभावित क्षेत्रका लागि नेविसंघले ७ सय १० केन्द्रीय सदस्यसँग १/१ हजार संकलन गरेकाे थियाे । नेविसंघले भुकम्पप्रभावित क्षेत्रमा विद्यालय पुननिर्माण र शैक्षिक सामाग्री वितरण समेत गरेकाे थियाे ।

संघले प्रधानमन्त्रीसमक्ष  त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति मेरिटोक्रेसीको आधारमा खुल्ला प्रतिस्पर्धाद्वारा छनोट गर्नुपर्ने माग राखेको छ । `सोहीअनुसार उपकुलपति नियुक्ति गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नु भयो र कार्यन्वयनका लागि ने.वि.सघंले समेत थप सहयोगको लागि अनुरोध गर्नु भयो।  साथै ने.वि.संघले मिति २०८०/०२/१५ गते ३३ बुँदे ज्ञापनपत्रका सम्बन्धमा समेत पुन ध्यानाकर्षण गराएको छ,´ अध्ययक्ष शेर्पाले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर