काठमाडौं : लुम्बिनी प्रदेश सरकारको उद्योग तथा यातायात मन्त्री मा रोज राणा नियुक्त हुने भएका छन् । प्रदेश सरकार विस्तारका क्रममा प्युठानबाट निर्वाचित कांग्रेस सांसद राणालाई साे मन्त्रालय दिने निर्णय भएकाे हाे ।
चलचित्र निर्माताका रूपमा चर्चित राणा प्युठान कांग्रेसकाे क्षेत्रिय सभापतिका रूपमा काम गरिसकेका छन् । राणा ०७९ मा भएकाे चुनावबाट प्युठान प्रदेश १(ख) बाट सांसद बनेका हुन् ।



