काठमाडाैै : राष्ट्रिय सभाकाे अध्यक्षमा नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरकाे सम्भावना बलियाे देखिएकाे छ । अल्पसंख्यक मुस्लिम समुदायबाट कांग्रेस पदाधिकारी तहमा निर्वाचित भएर पुगेका मन्सुर पहिलाे व्यक्ति हुन् । दुई पटक मन्त्री र तीन पटक सांसद भइसकेका मन्सुर कांग्रेभित्र इमानदार, निष्ठावान नेताका रूपमा परिचित छन् ।

राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदमा कांग्रेसबाट संघमा निर्वाचनमा पराजित भएका देखि पूूर्व पदाधिकारीसम्म आकांक्षि देखिएका छन् । कांग्रेस स्राेतका अनुसार यसअघि समानुपातिक सूचिमा रहेपनि सांसद बन्नबाट राेकिएका मन्सुरलाई राष्ट्रिय सभा अध्ययक्ष बनाउने गरि ल्याउने तयारी भइरहेकाे छ ।

`मुस्लिम समुदायकाे पनि भएकाे र मधेसबाट पनि प्रतिनिधित्व गर्ने बेदगा छविकाे नेता हाे फर्मुल्लाह दाई´ कांग्रेसका एक पदाधिकारीले भने, `उहाँलाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउँदा समावेशिताकाे राम्राे सन्देश प्रवाह हुन्छ भन्नेमा पार्टीभित्र सकारात्मक रूपमा छलफल अघि बढेकाे छ ।´ उनका अनुसार राष्ट्रिय सभा अध्यक्षमा फर्मुल्ला मन्सुरकाे सम्भावना बलियाे देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको