काठमाडौँ, मंसिर १८ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से सूचक ३ दशमलभ ४२ अंकले घट्दै १८ सय ४७.८१ अंकमा पुगेको छ। 

यसदिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.२ अंकले घट्दै ३५३.२१ अंकमा झरेको छ।

आज डेभलपमेन्ट बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन्।

३ दशमलभ ४२ अंकले नेप्से घटेको बजारमा आज १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको