काठमाडौँ, मंसिर १८ । साताको दोस्रो कारोबारको दिन आज (सोमबार) फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो।
यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ। हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्तिमान बनाएको थियो। आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम थियो। आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँमा भइरहेको छ।



