पर्सा:  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसकाे नेतृत्वमा जनताले प्राप्त गरेकाे अधिकारकाे रक्षाका लागि आर्थिक क्रान्तिमा जाेड दिनुपर्ने बताएका छन् । पटक पटक जनाबाट गुमेकाे अधिकार कांग्रेसकाे नेतृत्वमा फिर्ता आएकाे स्मरण गर्दै नेता सिंहले प्राप्त उपलब्धीकाे सुरक्षाका लागि पनि कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

कांग्रेस पर्साका पूर्वउपसभापति अशाेक जयसवालकाे श्रद्धाञ्जली सभामा बाेल्दै उनले ०४६ काे परिवर्तन पछि लाैहपुरूष गणेशमान सिंहले प्राप्त राजनीतिक उपलब्धी रक्षाका लागि आर्थीक क्रान्ति गर्नुपर्ने बताएकाे स्मरण गर्दै अहिले त्यसका लागि बेला भइसकेकाे बताए ।
`जसरी जनताकाे अधिकार फिर्ता कांग्रेसले गर्याे । अब देशलाई समृद्धिकाे बाटाेमा लैजान पनि , आम जनताकाे चाहनाअनुसार शासनपद्दति सञ्चालन गर्नका लागि फेरि पनि जिम्मेवारी कांग्रेसकाे काँधमा आएकाे छ, ´ उनले भने,`पार्टीलाई एकढिक्का बनाएर अब अघि बढ्नुपर्छ ।´

उनले देशकाे समृद्धिका लागि उद्योगहरूकाे विकास हुनुपर्ने बताए । कार्यक्रममा कांग्रेसनेताहरु सुरेन्द्र चाैधरी, अजय चाैरसिया,  राजेन्द्रकुमार केसी, अनिल रुङ्गटा लगायतले मुलुकाे पछिल्लो राजनीतिक घटनाक्रमबारे कांग्रेस गम्भीर बन्नु पर्ने बताए ।

कार्यक्रम नेपाली कांग्रेस पर्सा सभापति जनार्दन क्षेत्रीकाे सभापतित्वमा भएकाे थियाे । कार्यक्रम स्व नेता असाेक जैसवालकाे याेगदानका बारे बक्ताहरुले चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको