काठमाडौँ, मंसिर १३ । साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेर १५२० रुपैयाँ पुगेको छ।
मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो



