बीबीसीको प्रभावशाली ‘सय महिला-२०२३’ को सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छिन्।

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्साना पनि परेकी हुन् ।

रुक्सानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ । उनले हुर्कंदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बीबीसीको परिचयमा उल्लेख छ ।

एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्साना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् । उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको