काठमाडौं : नागरिक अगुवा कनकमणी दिक्षितले मंसिर ७ काे भेला राेक्न एमाले निकट युवा संघलाई आग्रह गरेका छन् । अर्काे समुहकाे कार्यक्रमसँग जुधाएर कार्यक्रम गर्नु ठिक नहुने उनकाे सुझाव छ ।
`शान्तिपूर्ण भेला गर्ने अधिकार जोकोही नागरिक र समुहमा छ, ‘काउण्टर’मा त्यहि दिन (मङ्सिर ७ गते) एमाले युवा संघले किन भेला गर्नु परेको होला ´, उनले सामाजिक सञ्जालमा लेखेका छन्,`स्ट्रयाटेजी र ट्याकटिक दुबै हिसाबले बेठिक, फिर्ता लिए हुने !´
मंसिर ७ मा व्यवस्था उल्टाउने घाेषणा गर्दै विवादित व्यवसायी दुर्गा प्रसाईकाे नेतृत्वमा काठमाडौं प्रदर्शन हुँदैछ । त्यसैसँग जुधाएर एमालेले पनि कार्यक्रम राखेकाे छ । यसरी कार्यक्रम गर्दा असहज अवस्था आउन सक्ने भन्दै सरकारले माइतिघरदेखि बानेश्वर सम्म एक महिनाका लागि आजै निषेधित क्षेत्र घाेषणा गरेकाे छ ।
जिप्रका काठमाडौंकाे सूचना हेर्नुस् –




