काठमाडौं :युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) को सहअध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना निर्वाचित भएका छन् । चीनको ईयू शहरमा भएको अधिवेशनले ढुंगानालाई सह संयोजकमा चयन गरेको हाे ।
नीलकण्ठ नगरपालिका धादिङका नगर प्रमुख समेत रहेका ढुंगाना लामो समयदेखी स्थानिय तहमा जनप्रतिनिधिका रूपमा अनुभव संहाल्नु भएका व्यक्ति हुन् । अहिले निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ । यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरू सदस्यका रूपमा रहेका छन् ।



