काठमाडौं : सूचना प्रविधि विज्ञ डा. सुधांशु दाहालले विकृति इन्टरनेट प्लेटफार्महरुमा होईन, समाजमै जन्मने बताएका छन्। प्लेटफार्म लगायतका मिडियाले यसलाई उजागर गर्ने भन्दै टिकटक बन्द गलत भएकाे संकेत गरेका छन् ।
उनले सरकारले जनउत्तरदायित्वलाई पूर्ण रुपमा कुल्चेर अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दा पत्रकारले कस्तो समाचार सामाग्री बनाउने भन्ने मै द्विविधा देखिनु चिन्ताजनक र भयावह भएकाे पनि बताएका छन् ।
दाहालले फेसबुकमा लेखेका छन् –
नेपालमा मिडिया साक्षरताको स्थिति यति न्यून छ कि मिडियाकर्मी समेतले आफ्नो व्यवसायजन्य हीतको पक्षपोषण गर्न सकिरहेको देखिदैन । यद्यपि मिडियाले संस्थागत रुपमा राज्य र व्यवसायको सांठ-गांठ (State Industry Nexus) मा रहेर काम गर्दछ तर पत्रकारिताले त अभिव्यक्ति स्वतन्त्रताकाे प्रत्याभूति गर्छ र पत्रकारहरु त्यसका हिमायति हुन् । निर्वाध सूचना प्राप्ति र सम्प्रेषणमा त पत्रकारहरुको व्यवसायिक स्वार्थ (सकारात्मकताबाट बुझ्दा) पूर्ण आश्रित हुन्छ ।
सरकारले जनउत्तरदायित्वलाई पूर्ण रुपमा कुल्चेर अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दा पत्रकारले कस्तो समाचार सामाग्री बनाउने भन्ने मै द्विविधा देखिनु चिन्ताजनक र भयावह हो ।
सामाजिक विकृति इन्टरनेट प्लेटफार्महरुमा होईन, समाजमै जन्मन्छ । प्लेटफार्म लगायतका मिडियाले यसलाई उजागर मात्र गर्ने हुन् ।
मिडिया नै बन्द भएपछि तपाई आफ्नो आवाज चाँही कहाँ सम्प्रेषित गर्नु हुन्छ ? तपाईका सच्चा समस्या राज्य वा उत्तरदायीहरु सम्म कसरी पुर्याउनु हुन्छ?