काठमाडौं :नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टकाे पहलमा भूकम्प प्रभावित क्षेत्रका १० विद्यार्थीले निशुल्क पढ्ने भएका छ् । लुम्बिनी एकेडेमी फाउन्डेसनका संचालक समेत रहेका नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति सदस्य युवा नेता रविनचन्द्र काेइरालाले जाजरकाेट र रुकुम पश्चिममा भुकम्पवाट अभिभावक गुमाएका १०जना विधार्थीलाई +२मा पूर्ण छात्रवृत्ति दिने जिम्मेवारि लिएका हुन् ।
काेइरालाले अभिभावक गुमाएका विधार्थीलाई सहयाेग पुगाेस भन्ने हेतुले प्लस टूमा १०जनालाई पूर्ण छात्रवृत्ति दिएर पढाउने जिम्मा लिएकाे बताए । लुम्बिनी एकेडेमी फाउन्डेसनका संचालक समेत रहेका काेइरालाले भुकम्पका कारण मानव जिवन कष्टकर बनेकाे र २ हजार भन्दा वढि विद्यालयमा क्षति पुग्दा विधार्थीकाे पठनपाठन अवरुद्ध भएकाे घटना प्रति दुख व्यक्त गर्दै भुकम्पकाे क्षतिवाट आमावुवा, अभिभावक गुमाएका विधार्थीकाे भविष्यलाई मध्यनजर गर्दै सेवाभावले जाजरकाेटका ५जना र पश्चिम रुकुमका ५जना गरि अभिभावकविहिन १०जना विधार्थीलाई विज्ञान र व्यवस्थापन संकायमा पुर्ण छात्रवृत्तिकाे व्यवस्था गरि पढाउने जिम्मेवारी लिएकाे विज्ञप्ति मार्फत जानकारि दिएका छन् ।
उक्त कार्यकाे सम्पुर्ण समन्वय र व्यवस्थापनकाे जिम्मेवारी ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टलाई सुम्पिएकाे समेत नेता रविनचन्द्र काेइरालाले विज्ञप्तिका भनेका छन् ।




