जाजरकोट : नेपाल विद्यार्थी संघले भूकम्पप्रभावित क्षेत्रका २ वटा विद्यालयकाे पुननिर्माण गर्ने घाेषणा गरेकाे छ । भूकम्पप्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकाेटमा पत्रकार सम्मेलन गर्दै यस्ताे घाेषणा गरेका हुन् । भूकम्पमा परि निधन भएकी नलगाढ नगरपालिका उपमेयरकाे सम्झनामा साेही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने भएकाे छ ।
`यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि ने.वि.सघले अस्थायी रुपमा बनाउने जानकारी गर्दछौ साथै जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण पुन: निर्माण गर्न प्रतिवद्धता गर्दछौँ ,´ अध्यक्ष शेर्पाले भने,`यसका साथै यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि ने.वि.सघले अस्थायी रुपमा बनाउने समेत जानकारी गर्दछौ । ´
त्यस्तै नेविसंघले तथ्याङ्क संकलन समिति र नेपाल सरकारको सुचना केन्द्रेको जानकारी बमोजिम पूणर्रुपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असर लाई समेत हटाउन सहयोग गर्ने पनि उनले बताए । यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट बञ्चित हुन नदिन ने.वि.संघले सक्दो प्रयास गर्ने नेविसंघको प्रतिवद्धता छ । रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूणर्रुपमा क्षतिग्रस्त भई ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

भूकम्पले भत्किएकाे विद्यालयकाे अवस्था , जुन नेविसंघले बनाउन लागेकाे छ ।
ने.वि.संघ केन्द्रीय कार्यसमितिले उपचारका लागि शनिबार डा नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको समुह पनि परिचालन गरेको छ । समुहमा डाक्टरहरू सुलभ आचार्य, सुमित बोहरा ,अमृत बस्नेत समेत खटिएका छन् । ` उक्त समुहले भूकम्प प्रभावित क्षेत्रमा बिरामीहरूको उपचार गरिरहेको जानकारी गराउँदछु । ने.वि.संघ पूर्वकालिन तयारीमा रहेको र पुनर्निर्माणको कार्यक्रमका बेला ने.वि.संघ केन्द्रले वृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराउँदछु ,´ नेविसंघको विज्ञप्तिमा भनिएकाे छ ।



