काठमाडौं : नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पारस बस्नेतको पहलमा ओखल्ढुङ्गा, सोलुखुम्बु र रामेछापको आधारभुत बिद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ।
ओखलढुंगा, खिजीदेम्बा गाउँपालिकास्थित श्री भुसिङ्गा पि के आधारभुत बिद्यालय, सरस्वती आ.बि, श्री रन्जना देवी आ.बि मा शैक्षिक सामाग्री वितरण गरिएको छ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित नमूना आ.बि, बिद्यादातृ आ.बि र बुढा किन्जा आ.बि, जनसेवा आबि मा सहयोग गरिएको छ।

त्यससँगै रामेछाप, उमाकुण्ड गा. पा स्थित उमाकुण्ड आ.बि मा विद्यार्थी हरुलाइ विभिन्न सामाग्री उपलब्ध गराइएको छ।

बस्नेतका अनुसार प्रत्येक बिद्यालयहरुमा ह्वाइट बाेर्ड, प्रोजेक्टर , मार्कर, ३००० पेन्सिल, कार्यालयमा प्रयोग हुने सामग्रीहरु, खेलकुदका सामानहरु, चार्ट पेपर, २०० थान कापी, भुसिङ्गा पि.के आ.बि मा ४०९ वता पुस्तकालयको लागि किताब हरु, श्री रन्जना आ.बि मा पोसाक लगायत जुत्ताहरु सम्पुर्ण बिद्यार्थीलाइ वितरण गरिएको छ।

बृटेन स्थित जुनिपर ट्रष्ट नामक संस्थाको आर्थिक सहयोग र पारस बस्नेतको सहजीकरणमा उक्त काम सम्पन्न भएको हो।बस्नेत भन्छन ” दुरदराजमा रहेका विद्यार्थीहरु लाइ पढ्न प्रोत्साहन गर्न र शैक्षिक गुणस्तर बढाउन कामले मद्दत गर्नेछ भन्ने अपेक्षा लियको छु र भबिस्यमा येस्तो कामहरुमा निरन्तर हुनेछु। “

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर