काठमाडौं : नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको पदस्थापना कार्यक्रम स्थगित भएकाे छ । संघका मुख्यसचिव विजय खड्काले विज्ञप्ति जारी गर्दै पदस्थापन र प्रथम केन्द्रीय समितिको बैठक र स्ववियु सभापतिहरुलाई “बधाई तथा सम्मान” कार्यक्रम स्थगित गरेकाे जानकारी गराएका हुन् ।
नेविसंघले कात्तिक २० र २१ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको पदस्थापना र प्रथम केन्द्रीय समितिको बैठक र स्ववियु सभापतिहरुलाई “बधाई तथा सम्मान” कार्यक्रम तय गरेकाे थियाे । संघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार मध्यराति जाजरकोटलाई केन्द्र बनाएर गएकाे भूकम्पले ठुलाे क्षति पुर्याएपछि बैठक स्थगित गरेकाे बताए । उनले नेविसंघका सदस्यहरूलाई भूकम्पप्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन पनि निर्देशन दिइसकेका छन् ।




