काठमाडौं, १६ कार्तिक । नेपालले ओमानको दुई बिकेट लिन सफल भएको छ ।

त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो ।

आइसिसी टी– २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई बिकेट लिन सफल भएको हो ।

जसअनुसार सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् भने पहिलो बिकेट करन केसीले लिएका थिए । टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको थियो भने ओमानले ४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएको छ। खेल जारी छ ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको