काठमाडौं :राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्टसंघका महासचिब एन्टिनियो गुटेरिस बीच शिष्टाचार भेट भएको छ । आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा महासचिब गुटेरेसले सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार दिउँसो शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको बताउँदै नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सिद्वान्तमा पूर्ण रुपमा प्रतिवद्ध रहेको छ भन्नुभयो ।

उहाँले विद्यमान विश्व परिवेशमा देखा परिरहेको चुनौतीहरुको सन्दर्भमा संयुक्त राष्ट्रसंघले अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि ब्यक्त गर्नुभयो । संयुक्त राष्ट्र संघीय मिसनले नेपालको शान्ति प्रक्रियामा खेलेको मध्यस्तकारी भूमिका नेपालका लागि अत्यन्तै महत्वपूर्ण रहेको र विश्वले नै उदाहरणीय मानेको नेपालको शान्ति प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघको भूमिका प्रशंसनीय भएको उहाँको भनाई थियो ।

संयुक्त राष्ट्र संघले विश्वशान्तिका लागि निरन्तर पैरवी गर्दै आएकोमा शान्तिको पक्षधर नेपाल संघप्रति आभार प्रकट गर्दै शान्ति स्थापनाका लागि विश्वका विभिन्न मुलुकहरूमा संयुक्त राष्ट्र संघले परिचालन गर्ने शान्तिसेनामा नेपालले सहभागिता जनाउँदै आएको स्मरण पनि गराउनुभयो । उहाँले महासचिबको भ्रमणपछि शान्ति सेनामा नेपालको सहभागगिता अझै बढ्ने बिश्वास पनि ब्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्रसंघ लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रही आएकोमा धन्यबाद दिदै अध्यक्ष तिमिल्सनाले दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको लक्ष्यमा संयुक्त राष्ट्र संघ र यसका निकायहरूको सहयोगको हामीले अपेक्षा गरेका छौँ भन्नुभयो । “नेपाल जस्तो राष्ट्रले दिगो बिकास लक्ष्य हाँसिल गर्नका लागि स्रोत साधनको कमि छ”, उहाँले भन्नुभयो “दिगो बिकास लक्ष्य हासिल गर्नका लागि सहयोगका क्षेत्रहरु बिस्तार हुनेछन भन्ने बिश्वास लिएको छु।”

विश्वव्यापी समस्याका रूपमा देखिएको जलवायु परिवर्तनका असर न्युनीकरणका लागि संयुक्त राष्ट्र संघले गर्दै आएका क्रियाकलापहरू निकै महत्वपूर्ण भएको र जलवायु परिवर्तनबाट सिर्जना हुने असरहरूबाट उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकहरू यसका लागि संयुक्त राष्ट्र संघले अझै बलियो रूपमा लागि पर्नेमा विस्वस्त रहेको भनाई उहाँको थियो । “बिकसित राष्ट्रले गरेको गल्तीबाट नेपाल जस्ता देशले भोगिरहेको समस्या प्रत्यक्ष देखेका कारण क्षतिपुर्तीका लागि संयुक्त राष्ट्रसंघबाट प्रभावकारी भूमिका हुनेछ भन्ने बिश्वास लिएको छु।“ उहाँले भन्नुभयो ।

भेटमा महासचिब गुटेरेसले शान्ति प्रकृयामा नेपालले पु¥याएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यसलाई अझै प्रभाबकारी बनाउने बिश्वास दिलाउनुभयो । उहाँले जलवायु परिर्वतनबाट परेको प्रभाव प्रत्यक्ष अनुभुत गरेको बताउँदै यसका असर न्युनीकरणका लागि र पिडीत राष्ट्रहरुले भोगिरहेको समस्या प्रति जानकार रहेको छु भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर