काठमाडौं : राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले बौद्धिक समुदायको घातक मौनताको कारणले प्रणालीको नै दुर्घटना हुने चिन्ता व्यक्त गरेका छन् । विश्लेषक वाग्लेले आज सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बाैद्दिक समुदायलाई माैन नबस्न आग्रह गरेका छन् ।

`नेपाल बन्दैन, यसको भविष्य छैन, सबै पार्टी खराब, सबै नेता असफल, सबै सरकार भ्रष्ट’ भन्ने भ्रामक भाष्य जवर्जस्त स्थापित गर्न खाेजिएकाे भन्दै वाग्लेले यस्ताे आग्रह गरेका हुन् ।

`देशमा समस्या नभएको होइन, छन्। खराब पार्टी पनि छन्, असफल र असान्दर्भिक नेता पनि छन्, सरकार भ्रष्ट पनि छन्। तर सबै पार्टी खराब, सबै नेता असफल, सबै सरकार भ्रष्ट छैनन्।
राजनीतिक पार्टी र नेताले पार्टीगत तथा सत्तास्वार्थको आधारमा आरोप-प्रत्यारोप तथा जनताले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आक्रोश, असन्तुष्टि व्यक्त गरे पनि गणतन्त्र,लोकतन्त्र, पार्टी, नेतृत्वको बारेमा वस्तुनिष्ठ विश्लेषण गरी जनतालाई सुसूचित गर्नु बौद्धिक समुदायको भूमिका हो!,´ वाग्लेले लेखेका छन्, `यस्तो भ्रामक भाष्यले पपुलिस्ट, प्रतिगामी र अनुदारवादीहरू सलबलाइरहेको, सरकार असफल भइरहेको तथा मूलधारका पार्टी र शीर्ष नेतृत्व पंक्ति अलोकप्रिय भएको कारणले मौन बसेको देखिन्छ!´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर