काठमाडौँ, १० कात्तिक । मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ । श्रीदवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्र थापाले जानकारी दिएका छन् ।
अहिले आफू पनि घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताए। ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो । श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । डिएसपी थापाले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।



