काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे पहलमा साउदी अरबमा समस्यामा परेका युवा चन्द्र राजवंशी नेपाल आइपुगे । दशैंकाे मुखमा साउदीमा कम्पनीमा काम गर्दै गर्दा प्रेसरले हानेर ढलेका सुनसरी खनारका राजवंशीको बोली समेत बन्द भएर बोल्न नसक्ने अवस्थामा थिए । साउदी अरबमा श्रम गर्न गएका नेपाली राजवंशीलाई विश्वप्रकाश शर्माकाे पहल र सांसदकै तलबबाट टिकट काटेर उद्दार गरेका थिए ।

गत बर्ष ०७९ को फागुनमा साउदी अरब गएका राजवंशीले जाँदै गर्दाको ऋण समेत यो अवधिमा तिरिसकेका थिएनन् । गम्भीर रुपले बिरामी परेपछि प्रारम्भिक उपचार पश्चात् उनी अलपत्र अवस्थामा थिए, न त्यहाँ काम गर्न सक्ने स्वास्थ थियो न नेपाल फर्किन जहाजको टिकट काट्न सक्ने पैसा थियोे । राजवंशीका लागि `नेपाली श्रमिकको समस्या र समाधान´ बिषयमा नेपाली दूतावास साउदी अरबद्वारा आयोजित कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी भइरहँदा राजवंशीको स्थिति बारे थाहा पाए पश्चात् शर्माले उद्दारको पहल शुरु गरेका थिए ।

कम्पनीमा पुगेर सांसदको तलबबाट नेपाल लिएर जाने प्रतिबद्धतापछि कम्पनी, एम्बेस्सी र इमिग्रेसनबाट `क्लियरेन्स्´ मिलाएर नेपाल लग्ने प्रक्रिया शर्माले शुरु गरे । एकसाताको समयमा सबै डकुमेन्ट तयार भएपछि, नेपालबाटै जहाजको टिकट पठाएर उनलाई नेपाल ल्याइयो ।

नेपाल ल्याएपछी परिवारलाई जिम्मा लगाएर, सुनिल शर्मालाई आग्रह गरेपछि हाल बिराटनगरको नोबेल अस्पतालमा राजवंशीको निशुल्क उपचार हुँदैछ । दशैकाे मुखमा साउदीबाट राजवंशीकाे परिवारमा खुशी फर्केकाे छ ।

(तस्वीर ; साउदिको कम्पनीमा राजवंशीसँगै कम्पनीका प्रबन्धकसँग)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको