काठमाडौं, ५ कात्तिक । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका तीन विद्यार्थीको शव काठमाडौं आइपुगेको छ।

गएराति १२ बजे नारायणप्रसाद न्यौपाने तथा आइतबार विहान लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव काठमाडौं आइपुगेको परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए।उनका अनुसार आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्नेछ।

तेलअविवस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानूनी प्रक्रिया पूरा भएका चार शव फ्लाइ दुबईको जहाजमार्फत नेपाल पठाएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको