काठमाडौं, ४ कात्तिक । काठमाडौंको मूलपानीमा जारी त्रिकोणात्मक टी-२० श्रंखलामा नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ।

कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै गातार तेस्रो जित निकालेको नेपाल श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए। कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए। यस्तै सन्दीप जोरा र गुलशन झाले एक एक रन बनाए।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको