काठमाडौं ३ कार्तिक । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ। सुनको भाउ शुक्रबार तोलामा १ लाख १५ हजार ५ सय रूपैयाँमा पुगेको छ।

शुक्रबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो। यसअघि बिहीबार सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रूपैयाँ पुगेको थियो। यो रेकर्ड पनि तोड्दै सुनको भाउ एक लाख १५ हजार ५ सय रूपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर भएकाले भाउ अझै बढ्नसक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए। शुक्रबार चाँदीको भाउ पनि बढेको छ। तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर